११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक “भिटेन” तुलसीपुर आउदै



अ+ अ-

तुलसीपुर । नयाँ वर्ष २०७८को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।

कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन् । 

यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने छ ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,चर्चित मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
 चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम ई सेवा मार्फत अनलाइन टिकट काट्न सकिने आयोजक पक्षले जानकारी दिएको छ । टिकट दर भने प्रतिव्यक्ति रु ५०० रहने छ ।
 
दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि।एम्। इन्टरप्रजेज रहेको छ ।