१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

४० वर्षपछि स्वदेश फर्किए दुर्गाप्रसाद: ‘आमालाई भेट्न आतुर छु’

४० वर्षपछि स्वदेश फर्किए दुर्गाप्रसाद: ‘आमालाई भेट्न आतुर छु’
अ अ+ अ-

झापा । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुग्नुभएको छ । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

उहाँ काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आइपुग्नुभएको हो । कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उहाँलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताउनुभयो । उहाँले आफ्नी आमालाई भेट्न आतुर भएको बताउनुभयो ।

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उहाँलाई लिएर आउनुभएको हो । लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उहाँको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उहाँ कम बोल्नुहुन्छ र एकोहोरिनुहुन्छ ।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ÷छ महिनामा उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उहाँका भाइ प्रकाशचन्द्रले बताउनुभयो । उहाँको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिनुभयो ।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिनुभयो । हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उहाँलाई व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुग्नुभएको थियो । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन । “कतैबाट खबर नआएपछि दाजु आन्दोलनमै मारिनुभयो होला भन्ने घरपरिवारमा लागेको थियो”, भाइ प्रकाशचन्द्रले भन्नुभयो, “चालीस वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहनुभएको खबर आयो ।”

हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उहाँले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याउनुभएको थियो । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पु¥याउनु भएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उहाँलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताउनुभयो ।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बस्नुभएको थियो, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उहाँमाथि थोपरिएको थियो । तर उहाँमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्याइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गर्नुभएको थियो । घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा हुनुहुन्छ । उहाँ सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो । दुर्घटनामा परी आमा धनमायाको एउटा हाट काटेर फाल्नुपरेको थियो ।

रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुग्नुभएका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सक्नुभयो । उहाँले सेतो कमिज र खरानी कलरको ट्राउजर लगाउनुभएको थियो । उहाँका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर आजै घर पु¥याइने बताउनुभयो । रासस