१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले बर्नलेलाई ३–२ गोलले पराजित गरेको हो ।

खेलको २८ औं मिनेटमा लिओन बेलीले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै जेकी अमोडीनीले गोल गर्दै बर्नलेलाई १–१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा मोउसा डियावेको गोलबाट भिल्लाले खेलमा २–१ को अग्रता लियो । यता, ७१ औं मिनेटमा लिले फोस्टरले गोल गर्दै बर्नलेलाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ८९ औं मिनेटमा डुग्लास लुइजले पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लालाई जित दिलाए ।

जितसँगै भिल्ला तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४२ अंक छ । पराजित बर्नले ११ अंकसहित १९ औं स्थानमा छ ।