१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीको हेटौँडामा भेला



अ+ अ-

काठमाडौँ । संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौँडामा भेला भएका छन् । संघीय सरकारले प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनीहरु संघर्षमा उत्रिएका छन् ।

हेटौँडामा बिहीबारदेखि अन्तरप्रदेश मन्त्रिपरिषद्को भेला सुरु भएको छ । संघीय सरकारविरुद्ध थप रणनीति तय गर्न उनीहरु बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका हुन् । गण्डकी प्रदेश राजधानी पोखरामा पनि गत चैतमा मुख्यमन्त्रीहरुको भेला सम्पन्न भएको थियो ।

संविधानले व्यवस्था गरेका अधिकारहरु केन्द्र सरकारले नदिएको गुनासो गर्दै मुख्यमन्त्रीहरु पछिल्लो समय संघीय सरकारविरुद्ध आन्दोलित छन् ।

हेटौँडा भेलामा सहभागी हुने मुख्यमन्त्रीहरुमा कोशीका केदार कार्की, मधेशबाट सरोजकुमार यादव, बागमतीका शालिकराम जम्मकट्टेल, गण्डकीका सुरेन्द्रराज पाण्डे , लुम्बिनीका डिल्लीराम चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदूरपश्चिमबाट कमलबहादुर शाह हुनुहुन्छ ।

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता मागसहित उनीहरु भेला भएको बताइएको छ ।