१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनापछि मस्तिष्क खाने रोग जोम्बी डियरले बढायो चिन्ता



अ+ अ-

वासिङ्टन । कोरोना भाइरसका नयाँ संस्करण र चीनमा निमोनियाजस्ता रोगका घटना बढ्दै गएपछि विश्वमा चिन्ता छाएको छ । यसैबीच, अमेरिकामा जोम्बी डियर रोगको घटना बाहिर आएको छ।

अमेरिकाको येलोस्टोन नेशनल पार्कमा यो रोगको केस फेला परेको छ । चिकित्सा विज्ञहरूले पनि मानिसमा यो रोग सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वैज्ञानिकहरूले यो रोगलाई सुस्त गतिको प्रकोप भनेका छन्। यो रोग अमेरिकाभर फैलिएको चिकित्सकहलाई आशंका छ।

यलोस्टोन राष्ट्रिय निकुञ्जमा यो रोगको केस फेला परेपछि यो घातक रोगको उपचार नभएकाले चिन्ता बढेको हो । यो रोग सामान्यतया हरिणमा हुन्छ तर अध्ययनहरूले यो मानिसमा पनि सर्ने देखाएको छ। यो रोगलाई क्रोनिक वेस्टिङ डिजिज (सीडब्लुडी) पनि भनिन्छ। अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीका अनुसार यो पुरानो र भयानक रोग हो । यो पहिलो पटक हिरण, एल्क, रेनडियर, सिका मृग र मुसामा देखिन्छ। सीडब्लुडी प्रिओनले जनावरहरूको दिमाग खान्छ र मृत्युसमेत निम्त्याउँछ।

यसको कुनै उपचार वा खोप छैन। यसले मानिस र जनावर दुवैलाई असर गर्छ। तर मानिसमा जनावरहरूबाट सीडब्लुडी प्रिओनको संक्रमण हुने कुनै बलियो प्रमाण फेला परेको छैन । यस रोगका कारण मस्तिष्क र मेरुदण्डका कोशिकाहरू असामान्यरूपमा झुकेर एकसाथ टाँसिन थाल्छन्।

संक्रमित भएको करिब एक वर्षपछि जनावरहरूले डिमेन्सिया, अनौठो लाग्ने, लापरवाही, आक्रामकता र तौल घट्ने जस्ता लक्षणहरू देखाउन थाल्छन्। यी लक्षण बिस्तारै मृत्युको कारण बन्छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार जोम्बी डियर रोगको पहिलो केस सन् १९६७ मा कोलोराडोमा फेला परेको थियो। अहिलेसम्म यो रोग जनावरबाट मानिसमा सरेको कुनै रिपोर्ट आएको छैन । तर सिडब्लुडीमा गरिएको अनुसन्धानले यो भाइरस पकाएर पनि मर्दैन । त्यसैले यो मानिसमा सर्ने सम्भावना रहेको देखाएको छ ।

विशेषगरी यदि मानिसले संक्रमित मासु खायो भने उनीहरु पनि यसको सिकार हुन सक्छन् । जनावरहरूमा भने यो तिनीहरूको र्याल, पिसाब, मल र रगतबाट फैलिन्छ।