काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोध सेर्पालीलाई पितृशोक परेको छ ।
सेर्पालीका पिता तेजबहादुर सेर्पालि ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखी क्यान्सर रोगबाट पीडित तेजबहादुरको उपचारका क्रममा मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भुमा निधन भएका परिवारले जनाएको छ ।
उहाँको भोली (शुक्रबार) पशुपति आर्यघाटमा अन्तिम सस्कार गर्ने कार्यक्रम रहेको पनि परिबारले जनाएको छ ।