११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: काँग्रेस

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: काँग्रेस
file
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताउनुभएको हो । उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पानुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री हेरफेरको कुरामा प्रधानमन्त्रीज्युको सम्बोधनलाई र पार्टीभित्र मन्त्रीले जवाफ दिनेकुरा, मन्त्रीले आफ्ना विषयवस्तु राख्ने कुरा बाँकी नै छ । तर मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीय प्रणाली हो, प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्नसक्ने प्रावधानलाई काँग्रेस अवरोध बन्दैन ।’

काँग्रेस केन्द्रिय समितिको बिहीवारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रश्ताव पेस गर्नुभएको बताउनु भयो । प्रश्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरुमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल शुरु गर्ने काम भएको बताउनु भयो । उहाँले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताउनु भयो । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरुमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको र बाँकी मन्त्रीहरुले शुक्रवारको बैठकमा जानकारी गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभापतिज्युको अनुमतिले महामन्त्री विश्वप्रकाश शर्माले प्रश्ताव पेस गर्नुभयो । आजको बैठकको प्रश्तावमा पार्टीको सांगठनिक गतिविधिका बारेमा एउटा, अहिले यो महासमितिको बैठकको तयारी, तेस्रो विषयमा अहिले हामी मेलमिलाप दिवसको १६ गते कार्यक्रम गर्दैछौँ, त्यो कार्यक्रमको तयारीका बारेमा र पार्टीको पूर्वनिर्धारित कार्यक्रम समुदायमा काँग्रेस भन्ने रहेको थियो, सरकारमा रहेका मन्त्रीहरुले पार्टी केन्द्रिय कार्यसमितिमा आफ्नो आफ्नो मन्त्रालयका कार्य सम्पादन भएका विषयहरु, प्रगतिका विषयलाई पार्टीमा जानकारी गराउनु भयो । राष्ट्रिय सभा, सांगठनिक अरु विषय, विभिन्न गतिविधि लगायतका ५ विषयमा छलफल भएको छ । छलफलमा स्वास्थ्यमन्त्रीले आफ्ना धारणा राखेर जानुभयो ।’

उहाँले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरुले राखेको बताउनु भयो ।