७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज दिउँसो १ बजे  प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद पुनःस्थापना पछिको आजको बैठक पाँचौं बैठक हो । सचिवालयले सूचनामा आजको बैठकमा सम्भावित कार्यक्रम बारे सार्वजनिक गरेको छ। 
सम्भावित कार्यक्रमहरुः 

१. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले निम्नलिखित वार्षिक प्रतिवेदनहरु पेश गर्नुहुने : (क) "न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिबेदन" (ख) "महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन"

२. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका मा० सभापति श्री बिमलप्रसाद श्रीवास्तवले "उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७" पेश गर्नुहुने ।