७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा भारतबाट सीमा अतिक्रमण भयो, सरकार देख्दैन: सांसद दिलेन्द्रप्रसाद बडु



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा भारतले सीमा मिचेर संरचनाहरु निर्माण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बौल्दै दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद बडुले दार्चुलाको  सीमा क्षेत्र अन्तराष्ट्रिय कानुन मिचेर तटबन्ध निर्माण गरेको भन्दै तत्काल कुटनीतिक पहल गरी निर्माण कार्य रोक्न माग गर्नुभयो ।

सांसद  बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमती र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले यस विषयमा पटक पटक स्थानीय प्रशासनले गृह मन्त्रालयमा जानकारी गराए पनि सरकारले सुनेको नसुनेको झैं गरेको आरोप लगाउनु भयो  । प्रमुख जिल्ला अधिकारीको भनाई उदृत गर्दै उहाँले भन्नुभयो, सरकार क्यै गर्दैन, हामीले गएर ढुँगा हानेर हुँदैन, के गर्ने ? विशेष समयमा  सांसद बडुले नेपालको ३५ हेक्टर भू–भाग भारततिर पुगेको जानकारी गराउँदै अबको वर्षादले दार्चुलामा ५ भन्दा बढी गाउँ डुवानमा पर्ने भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो ।

मन्त्रिपरिषदमा त्यही क्षेत्रमा सांसद गणेशसिंह ठगुन्ना समेत रहेको बेला पनि देशको सीमा जोगाउन नसकेको भन्दै अब बस्ने प्रतिनिधिसभाको बैठकमा यस बारे जानकारी दिन समेत माग गर्नुभयो । उहाँले भन्नुभयो, राष्ट्रवादी सरकारमा व्यवहारमा  हो कि भाषणमा मात्र हो ?