९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैनः ईश्वर पोखरेल

मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैनः ईश्वर पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले एमाले प्रति जनताको विश्वास जगाएको बताउनुभएको छ ।

मङ्सिर १४ गते बैतडीको महाकाली नदी किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न गरेपछि काठमाडौं फर्कने क्रममा सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बैतडीदेखि पाँचथरसम्म सबै ठाउँमा नागरिकले अपार माया देखाएका बताउनुभयो ।

‘सबै ठाउँमा जनताको उपस्थिति हामीले त्यस्तै किसिमको पायौँ, यसले हामी अत्यन्त उत्साहित भएका छौँ’, उहाँले भन्नुभयो ।
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले जनताले एमाले प्रति आशा र विश्वास राखेका बताउनुभयो । त्यो विश्वासलाई एमालेले मर्न दिनु नहुने उहाँको भनाइ छ ।

नेकपा एमालेले आयोजना गरेको संकल्प यात्रा कसैको विरुद्ध नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्रो यो यात्रा कसैको विरुद्ध होइन, हाम्रो यात्रा अन्योल, अस्थिरता, राज्यको तर्फबाट जुन सेवा पाउनु पर्ने हो त्यो पाउन नसकेको स्थितिलाई चिर्न हो’, उहाँले भन्नुभयो ।

देशको अहिलेको अवस्थाको बारेमा जनतालाई यथार्थ जानकारी गराउने एमालेले संकल्प यात्रा आयोजना गरेको र त्यसमा सफलता मिलेको उहाँले बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक सद्भावना कायम गर्दै विकासका काम अघि बढाउनु पर्छ भन्ने कुरामा खबरदारी गर्न यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले ग्रामीण क्षेत्रमा जनताले कुनै पनि सेवा पाउन नसकेको कारण असन्तुष्टि बढेको उहाँले बताउनुभयो । एमालेले सुरु गरेका विकासका सबै काम ठप्प भएको उहाँले सुनाउनुभयो । अहिले मास फ्रस्टेसनको स्थिति सिर्जना भएको उहाँको भनाइ छ ।
नेकपा एमाले लोकतन्त्रमा विरोध गर्न पाइने कुरामा प्रष्ट रहेको तर हिंसालाई भने स्वीकार नगर्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । सबै असहमति शान्तिपूर्ण रूपमा राख्नु पर्ने र संवैधानिक हिसाबले समाधान खोज्नु पर्नेमा उहाँको जोड छ । ‘मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन, नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ’, उहाँले भन्नुभयो ।

विधिसम्मत ढङ्गले कसैले पनि यो भएन यो हुनुपर्छ भन्न सक्ने भए पनि जबरजस्ती गरेर कुनै पनि समस्या समाधान नहुने उहाँले बताउनुभयो । कोशी प्रदेशको नामाकरण संवैधानिक हिसाबले नै भएको र असन्तुष्टि भए संवैधानिक बाटोबाट नै समाधान गर्न उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले समृद्धिको लागि संकल्प यात्रा औपचारिक ढङ्गले समापन भएको भए पनि सो यात्राका क्रममा प्राप्त विषयवस्तुलाई निरन्तर अघि बढाउने उहाँले बताउनुभयो । जनताले सेवा प्राप्त गर्न नसक्ने अहिलेको स्थितिका विरुद्ध एमालेको अभियान निरन्तर हुने उहाँले प्रष्ट पार्नुभयो ।