२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क



Newly appointed Polish Prime Minister Donald Tusk speaks during a parliament session, in Warsaw, Poland December 12, 2023. REUTERS/Aleksandra Szmigiel
अ+ अ-

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।

डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो । टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् । मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गर्नुभयो ।

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसक्नुभएको छ ।