२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

स्वेज नहरमा फसेको ‘एभर ग्रीन’ पानी जहाज सुरक्षित निकालियो

स्वेज नहरमा फसेको ‘एभर ग्रीन’ पानी जहाज सुरक्षित निकालियो
अ अ+ अ-

स्वेज, इजिप्ट । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । 

नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् । 

म्यारिन–ट्राफिक डट कमले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा एक किनारामा धस्सिएको जहाजलाई जलमार्गतर्फ धकेल्न सफलता प्राप्त भएको देखिएको छ । 

झण्डै एक साताअघि विशाल आकारको एभर गिभेन नामको कार्गो पानीजहाज स्वेज नहरको आवातजावत नै रोक्ने गरी नहरको एक किनारालाई छोएर अड्किएको थियो । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । एक अनुमान अनुसार, विश्वको कूल व्यापारको झण्डै ९ अर्ब डलर बराबरको सामान यही नहरको मार्ग हुँदै दैनिक आवातजावत हुने गर्दछ । 

यस नहरको जलमार्गबाट दैनिक कम्तीमा ३६७ वटा कार्गो पानीजहाज ओहोरदोहोर गर्दछन् । यसमा कच्चा तेलदेखि गाईवस्तु समेतका सामानको ढुवानी हुने गर्दछ । यो जलमार्ग बन्द भएपछि अन्य जहाजहरु अफ्रिकाको दक्षिणी भेगहुँदै घुमाउरो जलमार्ग प्रयोग गर्न बाध्य भएका थिए । 

एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग गरिएको लेह एजेन्सीजले जनाएको छ । एजेन्सीजले पानीको सतहलाई पनि बढाएर दिनरात काम गरेको थियो । 

स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हासिल गरेको पुष्टि गर्नुभयो । गएराति जहाज धस्सिएको ठाउँको वरिपरिको माटो निकाल्न ड्रेजरहरु प्रयोग गरिएका थिए । तिनीहरुले करिब २७ हजार घनमिटर बालुवा र माटो हटाएका थिए । 

जहाजको सञ्चालक शोई किसेन कैसा लिमिटेडले जहाजमा कुनै क्षति नपुगेको र इन्जिनले राम्रोसँग काम गरिरहेको जनाएको छ । पनामाको झण्डा राखेको तर जापानीको स्वामित्वमा रहेको यस जहाजले एसियाबाट युरोपका लागि सामान लैजाँदै थियो । 

तैपनि, नहरको जलक्षेत्र कहिले खुल्छ भन्ने स्पष्ट भइसकेको छैन । यस मार्गबाट विश्वको कूल व्यापारको झण्डै १० प्रतिशत ओहोरदोहोर हुने गरेको छ । यही मार्गहुँदै विश्वको कूल तेलको ७ प्रतिशत ढुवानी हुने गरेको छ । 

लाखौं ब्यारेल तेल र ग्याँस यही मार्ग हुँदै पर्सियाली खाडी क्षेत्रबाट युरोप र उत्तर अमेरिका पुग्ने गरेको छ । चीनमा निर्माण भएका सामानहरु जस्तै फर्निचर, लत्ताकपडा, सुपरमार्केटका सामान यही बाटोबाट युरोप जान्छन् । यो मार्ग प्रयोग नगरेको अवस्थामा जहाजहरुले अफ्रिकी महादेशको घुमाउरो मार्ग हुँदै अर्थात् करिब ५ हजार किलोमिटर दूरी यात्रा गर्नु पर्दछ । 

विशाल पानीजहाज एभर गिभेन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ । यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो । एजेन्सी