२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्कु र हथौडाले कपाल काटिने यो ठाउँ



अ+ अ-

एजेन्सी । यदि तपाई कपाल काट्न जाँदा तपाईको अगाडी नाई (कपाल काट्ने व्यक्ति) चक्कु र हथौडा लिएर बसेमा तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई डराउनुहुन्छ या अचम्ममा पर्नुहुन्छ । 

एक भिडियो हाल सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा एक नाईले हथौडा र चक्कु लिएर कपाल काटिरहेका हुन्छन् । 

रिपोर्ट अनुसार पाकिस्तानको लाहौर शहरको एक नाई हथौडा, धारिलो चक्कु र आगो बाल्दै यसरी कपाल काट्ने गर्दछन् कि देख्ने मानिसहरु अचम्ममा पर्दछन् । अचम्मको कुरा कपाल काट्न आउने ग्राहकलाई एक सामान्य चोट समेत लाग्दैन । 

यसरी अचम्म तरिकाले कपाल काट्ने हजाम हुन् अली अब्बास । पाकिस्तानको एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले हरेक दिन कपाल काट्नका लागि नयाँ उपायहरु अपनाउने बताएका छन् । उनले उक्त नयाँ तरिकाहरुबाट कपाल काट्नका लागि तालिम समेत लिँदै आएका छन् । 

अली अब्बासका ग्राहकहरु केवल पुरुष मात्र नभई महिलाहरु पनि रहेका छन् । एक महिला ग्राहकका अनुसार उनी सुरुमा कपाल काट्ने बेला एकदमै डराएकी थिइन् । तर विस्तारै उनले सहज महशुस गर्न थालिन् ।