२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

एमाले अध्यक्ष ओलीले जारी गरे अन्तरपार्टी निर्देशन, यी हुन् ७ प्रदेशमा थपिएका सहइन्चार्ज

एमाले अध्यक्ष ओलीले जारी गरे अन्तरपार्टी निर्देशन, यी हुन् ७ प्रदेशमा थपिएका सहइन्चार्ज
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्नुभएको छ । गत फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्न ओलीले २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गर्नुभएको हो ।

जसमा प्रदेशका सहइन्चार्ज थपिएको छ । प्रदेश १ को सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्‍क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई बनाइएको छ । प्रदेश १ मा सबैभन्दा बढी सहइन्चार्ज बनाइएको हो । आङ्बोहाङ पूर्वमाओवादी पक्षबाट एमाले प्रवेश गर्नुभएको हो।

यस्तै प्रदेश २ को सहइन्चार्जको जिम्मेवारी कानुनमन्त्री लीला श्रेष्ठलाई दिइएको छ । सात प्रदेशमध्ये एकल व्यक्ति सहइन्चार्ज बन्‍ने अवसर श्रेष्ठले पाएका छन् । बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठलाई सहइन्चार्ज बनाइएको छ । 

गण्डकी प्रदेशमा तीन जनालाई सहइन्चार्जको जिम्मेवारी तोकिएको छ । किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगरलाई उक्त जिम्मेवारी दिइएको हो । थापामगर पूर्वमाओवादीका नेता हुनुहुन्छ । लुम्बिनी प्रदेशमा मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने ४ जनालाई सहइन्चार्ज बनाइएको छ । थापा र न्यौपाने पूर्वमाओवादी हुन्।

कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्‍ग शाह लाई सहइन्चार्ज तोकिएको छ भने सुदूरपश्चिममा गणेश ठगुन्‍ना र नारदमुनी रानालाई सहइन्चार्ज बनाइएको छ ।