३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिले एनसेल शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने



अ+ अ-

काठमाडाै‌ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार(२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो । त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताउनु भयो ।

समितिले प्रधान सेनापतिलाई आगामी बुधवार(२७ गते) काठमाडौं–तराई/मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘रक्षा मन्त्रालयसँग समन्वय गरेर यही मंसिर २७ गते बुधबार प्रधान सेनापतिसहित उपस्थिति गराएर फास्टट्रयाकको सम्बन्धमा उहाँले आएर ब्रिफिङ गर्ने कार्यक्रम छ । र त्यस दिन कति गतिमा भयो ? कति रकम खर्च भयो ? कति हुँदैछ ? कुन गतिमा पुग्यो ? कहाँ जाने हो ? त्यो बारेमा प्रधान सेनापतिले राज्य व्यवस्था समितिले जानकारी गराउने कार्यक्रम भएको जानकारी गराउन चाहन्छु । २५ गते सोमवार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गरौँ । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौँ आजै ।’

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।