२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा !



अ+ अ-

काठमाडौं । प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्व मानव अधिकार दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथि नपाएर नेपाल बार एशोसिएसन हैरान भएको छ ।

बारले यस पटक मानव अधिकार दिवसका दिन चितवनमा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनका लागि प्रमुख अतिथिको लागि प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठलाई पटक पटक आग्रह गरेपनि श्रेष्ठले वास्ता नगरेपछि बार अन्योलमा परेको हो ।

यसबीच तीन पटक प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेर प्रमुख अतिथि बन्न आग्रह गरे पनि उहाँले बारको कार्यक्रममा सहभागी नहुने बरु आफ्नै हिसाबले गर्न सुझाव दिएपछि बारले अन्य न्यायाधीशलाई समेत आग्रह गरेको थियो ।

न्यायाधीश ईश्वर खतिवडाले पनि चासो नदेखाएपछि बारको टोली न्यायाधीश प्रकाश मानसिंह रावत र सपना मल्ल समक्ष पुगेको थियो, तर उहाँहरुले पनि ठोस जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । प्रधानन्यायाधीश श्रेष्ठको सोही दिन गोरखा जिल्ला अदालतको कार्यक्रममा जाने तयारी छ ।

यसअघि बारले आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश नै प्रमुख अतिथिका रुपमा उपस्थित हुँदै आउनु भएको थियो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्चका केही न्यायाधीश चरम असन्तुष्ट रहेको र त्यसैको प्रतिबिम्ब देखिएको स्रोतले जानकारी दियो ।




भर्खरै