९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा
अ अ+ अ-

सोल । मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाउनुभयो र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गर्नुभयो ।

सन् १९५० को दशकमा युद्धका कारण कोरिया प्रायद्वीप विभाजन भएपछि हजारौँ उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए । सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थल मार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ । केवल केही मुठ्ठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमा रेखा) पार गर्न सक्छन् ।

यद्यपि ३१ वर्षीय मछुवा किमले (सुरक्षाका कारण आफ्नो थर मात्र प्रयोग गर्न आग्रह गर्दै) उहाँलाई त्यस्तो गर्न सकिन्छ भन्ने विश्वास छ । उहाँले दुई असफल प्रयासपछि अन्तत: आफ्ना नौ सदस्यीय परिवारलाई उत्तर कोरियाबाट बाहिर निकाल्न सफल हुनुभयो ।

महिनौँसम्म उहाँले सीमा गस्तीका ढाँचाहरूको अध्ययन गर्नुभयो र अवसरको प्रतीक्षा गर्नुभयो । उत्तर कोरियाले कोभिड महामारीमा लकडाउन गरेपछि उसको तटीय नाकाबन्दीलाई हटाउन सुरु गरेसँगै उहाँ भाग्न सफल हुनुभयो ।

“मैले भूभाग र मौसमको अवस्थाको अध्ययन गरेँ र सामुद्रिक चेतावनी प्रभावकारी हुँदा सबैभन्दा खराब रातमा निस्किएँ”, उहाँले सोलमा एएफपीसँग भन्नुभयो । उहाँका अनुसार उहाँको परिवारका सबैजना यहाँसम्म कि उहाँका तीन वर्षको बच्चाले पनि उहाँहरू भाग्ने सफलता सुनिश्चित गर्न मिलेर काम गरे ।

“मलाई दोस्रो पटक जन्मेको जस्तो लाग्छ”, किमले भन्नुभयो, “उत्तरमा आकाशमा उड्ने विमान केही यस्ता थिए जसलाई मैले मेरो सपनामा, फिल्ममा र टिभी नाटकहरूमा देखेको थिएँ, तर म अब वास्तवमै यसको सवारी गर्न सक्छु र मलाई अर्को जन्ममा जन्मेको जस्तो लागेको छ ।”

महिनाँैको सोधपुछपछि किम अब उहाँको नयाँ जीवनका लागि अगाडि बढ्न तयार हुनुहुन्छ । उहाँले दक्षिण कोरियामा अधिकारीहरूले उत्तर कोरियालीहरूका लागि नौ वर्षमा पहिलोपटक आयोजना गरेको प्रमुख रोजगार मेलामा भाग लिनुभयो ।

कतिपय भगौडाले एकीकरण गर्न सङ्घर्ष गरेका छन् । दक्षिण कोरियाको तीव्र आर्थिक विकाससँगै दशकौँको विभाजनको अर्थ त्यहाँ भाषिक, सांस्कृतिक र व्यावहारिक चुनौतीमाथि नियन्त्रण गर्न बाँकी छ । रोजगार मेला सरकारले आयोजना गरेको कयौँ पहलमध्येको एक हो जसले भगौडाहरूलाई सहयोग गर्न चाहन्छ ।

सिओइएक्स कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नोकरीका दर्जनौँ सम्भावनाबाट किम अत्यन्त चिन्तित हुनुहुन्थ्यो । मेलामा करिब एक सय कम्पनी र सार्वजनिक संस्थानहरूले भाग लिएका थिए । रोजगार पुस्तिकाहरूको खात हातमा लिँदै किमले भन्नुभयो, “म सिधै उत्तरबाट आएका हुनाले यस्तो संस्कृति अवस्थित भएकामा म अत्यन्त छक्क परेको छु ।”

उत्तर कोरियामा माछा मार्ने उद्योगमा वर्षौंसम्म काम गर्नुभएका किमले लामो समयसम्म जहाजको नाविक बन्ने सपना देखेको बताउनुभयो । यो उहाँको पूर्व घरमा असम्भव थियो । उत्तर कोरियामा ढुवानी ९जहाज० उद्योग कडारूपमा नियन्त्रित छ, नोकरीमा पुग्न अत्यन्त सीमित छ र यो सही पृष्ठभूमि र जडानमा निर्भर छ ।

“सामान्य मानिसका लागि नाविक बन्न केवल सपना हुनसक्छ”, किमले भन्नुभयो, “तर मैले यहाँ यदि तपाईंले थोरै मात्र प्रयास गर्नुभयो भने केही पनि सम्भव छ भन्ने सुनेको छु, त्यसैले मैले यसलाई लिने प्रयास गर्दैछु ।”

किमले उत्तर कोरियामा शान्त र मेहनती जीवन व्यतित गर्नुभयो र एक दिन आफैँ डुङ्गा किन्ने दिशामा काम गर्नुभयो । उहाँले माछा मार्ने डुङ्गामा चालक दलको सदस्यका रूपमा नोकरी सुरु गर्नुभयो । पुन: धेरै पैसा कमाउनका लागि गोता लगाउन सिक्नुभयो ।

अन्तत: उहाँले काठको डुङ्गा बनाउनका लागि पर्याप्त कमाउनुभयो । उक्त डुङ्गालाई उहाँले दक्षिण कोरियाको जोखिमयुक्त सामुद्रिक यात्रामा निस्कनुअघि करिब पाँच वर्ष चलाउनुभयो । जब उहाँका बच्चाहरू एक दिन ‘अनावश्यक दिमाग भड्किने सत्र’ बाट घर फर्किए, उहाँले उत्तर कोरियाबाट भाग्ने निर्णय गर्नुभयो ।

“मूलरूपमा उत्तर कोरियामा नभएको उनीहरूले गर्न, भन्न र जे चाहन्छन् त्यो देख्न सकुन् भन्ने म चाहन्थेँ, म त्यहाँ राम्रो संसार छ र एउटा ठूलो संसार छ भनेर उनीहरूलाई देखाउन चाहन्थेँ”, किमले भन्नुभयो, “यदि तपाईंले राम्रो योजना बनाउनुभयो र कडा परिश्रम गर्नुभयो भने उत्तर कोरियामा तपाईं स्थिर जीवन बिताउन सक्नुहुन्छ तर त्यहाँ कुनै स्वतन्त्रता छैन ।” रासस