३ मंसिर २०८१, सोमबार
,
Latest
भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो राहत जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ? पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना/ विकासशील मुलुकमा स्तरोन्नतिका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु



अ+ अ-

एजेन्सी । इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए ।

उनीहरुलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । तीनै जना विष्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ ।

समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।