१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने (भिडियोसहित)

एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट काठमाडौं । सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर शुक्रबार (आज) देखि उठ्ने भएको छ ।

नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत्र १३ गते देखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।

शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको छ । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासिले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पुरा गर्ने सहमति भएको बताउनुभयो ।

यस्तै रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि उहाँले बताउनुभयो । ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ । करार सेवामा नियुक्त हुने शिक्षकहरुको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिक वापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ । 

यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोरमैला बिसर्जन शुरु भएपछि हालको सिसडोल ल्याण्डफिल्ड साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल शुरु गर्ने सहमति पनि भएको छ ।

यस्तै फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८÷०७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीनतीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ । 

फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरुको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनीवेशी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने भएको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा भएको आवरोध हटाई आजैका मितिबाट फोहोर व्यवस्थापन सूचारु गर्ने सहमति पनि भएको छ ।