९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलमा स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबलमा आज आइतबार स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीले प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । यसअघि दुई खेलमा हार ब्यहोरेको बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा एफसी चितवनसँग २–० गोलले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० गोलले पराजित भएको थियो ।

यस्तै, इलामले भने एक खेलमा जित तथा एक खेलमा पराजितको नतिजा निकालेको थियो । इलाम पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा झापाविरुद्ध १–० को जित हासिल गरेको थियो ।

इलाम ३ अंकका साथ छैटौं स्थानमा छ भने बुटवल लुम्बिनी अंकविहिन रहँदै पुछारमा छ ।