• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस्

एनएसएल प्रतियोगिता: सुपर लिगमा चितवनको पहिलो जित



काठमाडौँ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६८ओँ मिनेटमा चितवनले खेलमा पुन: अग्रता लियो । चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।

उक्त प्रतियोगितामा भोलि दुई खेल हुँदैछन् । जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५:३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । रासस