९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

नेपाल एयरलाइन्सले यात्रुसँग क्षमा माग्यो

नेपाल एयरलाइन्सले यात्रुसँग क्षमा माग्यो
फाईल फोटो
अ अ+ अ-

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल युएईमा आयोजना हुने कोप२८ सम्मेलनमा सहभागी हुन दुबई जाने क्रममा नेपाल एयरलाइन्सका ३१ जना यात्रु छुटेको विषय सार्वजनिक भएपछि एयरलाइन्सले क्षमा मागेको छ ।

नेपाल एयरलाइन्सको काठमाण्डौं–दुबई रुटको बिमानबाट प्रधानमन्त्री सहितको सरकारी प्रतिनिधिमण्डल बुधबार राति दुबईतर्फ प्रस्थान गरेको थियो । यद्यपी, नेपाल एयरलाइन्सको नियमित उडान बुधबार राति ११ बजे हुनु पर्नेमा डेढ घण्टा अघि नै राति ९.३० बजे केही यात्रुहरुलाई छाडेर उडेको थियो ।

एयरलाइन्सले यात्रुहरुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराएको दाबी गरेको छ, तर छुटेका यात्रुहरुले आफूहरुलाई कुनै जानकारी नदिएको बताएका छन् ।

यो पनि पढ्नुहोस- ३१ यात्रुलाई काठमाडौंमा छाडेर प्रधानमन्त्रीलाई लिएर दुवई उड्यो नेपाल एयरलाइन्स( भिडियो सहित)

छुटेका यात्रुहरुलाई उपलब्ध वैकल्पिक उडानबाट आजै गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको पनि एयरलाइन्सले जनाएको छ । एयरलाइन्सको यस कमजोरीका कारण यात्रुहरुले ट्रान्जिट विमान पनि गुमाएका छन् ।

नियमित उडानमै दुबई जाने प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डलको पूर्व निर्धारित कार्यक्रम कसले डेढ घण्टा अघि सारेको थियो भन्ने खुलेको छैन, तर यसले सरकारी निकायहरुबीचको समन्वय निकै कमजोर रहेको छताछुल्ल भएको छ । यस घटनाबाट प्रधानमन्त्री स्वयं र पर्यटन मन्त्री सुदन किरातीको सुशासन र जवाफदेहीताको नारा खोक्रो सावित भएको जानकारहरु बताउँछन् ।