२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि प्राध्यापकको स्वीकारोक्तिः आज क्लास भएन !



अ+ अ-

काठमाडौं: देशभित्र खुलेका विभिन्न विश्वविद्यालयले अहिले विद्यार्थी अभाव झेलिरहेका छन् । देशको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय, राम्रो पढाईका लागि नाम कमाएको काठमाडौं विश्वविद्यालय समेतका विभिन्न संकायमा विद्यार्थी भर्ना हुन छाडेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा केही वर्षअघि देखि नै स्नातकोत्तर तहमा विद्यार्थीको अभाव रहेको र कतिपय संकायमा पढ्ने विद्यार्थीभन्दा शिक्षक, प्राध्यापक बढी हुन थालेका समाचार आइरहेका थिए ।

तर यसबीच त्रिविको निकै लोकप्रिय जनसंख्या विभागमा पनि हालत उस्तै रहेको स्वयं त्यही विभागका प्राध्यापकको भनाइ छ ।

प्राध्यापक बालकृष्ण माबुहाङले आज फेसबुकमा “आज क्लास भएन” शीर्षकमा एउटा मार्मिक स्टाटस लेख्नु भएको छ ।

उहाँले भन्नु भएको छ, “यही विभाग हो, जहाँ पौने तीन सयको हाराहारीमा विद्यार्थी भर्ना हुन भिड हुन्थे । जनसंख्याको समस्यालाई पड्किन तयार१ बम भनेर भनिन्थ्यो।

“त्रिविको उपकुलपति हुन चाहनेको लाम्बाकुती (ह‍ोडबाजी) चलेको सुनिन्छ, तर विद्यार्थी छैनन् । एकाबिहानै पढाउन म विभागमा हाजिर भएँ, तर विद्यार्थी आएनन् । पढाउने पिरियड भरी विद्यार्थी पर्खेर बसेँ, विद्यार्थी आएनन् । छैनन् ।” उहाँको भनाइ छ ।

प्राध्यापक माबुहाङ भन्नुहुन्छ, कसलाई कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने ? जान पनि कहाँ जाने ? यही ठाउँ हो जहाँ नेपाली महिलाको प्रजनन् दर अधिक भयो, घटाउन पर्छ भनेर पढ्ने पढाउने र पढाएको ।

विश्वमै जनसंख्या व्यवस्थापनको विषय गम्भीर रहेको भए पनि यस विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या खस्किनु अनौठो भएको उहाँको बुझाइ छ ।

राजनीतिको चरम रुप देखिने त्रिभुवन विश्वविद्यालयले समयमै आफ्ना कार्यक्रम र परीक्षा प्रणालीमा सुधार नगरे विश्वविद्यालय मात्र नभई देशबाटै विद्यार्थीहरु अन्यत्र पलायन हुन सक्ने छन् । यसतर्फ त्रिवि प्रशासन र सरकारले गम्भीर विचार विमर्श गर्नुपर्ने खाँचो छ, र सबैभन्दा महत्वपूर्ण कुरा विश्वविद्यालयमा हुने राजनीतिकरणलाई रोक्नु पर्दछ जुन अहिले तत्काल सम्भव छैन ।

पछिल्लो समय समाचार आइरहेको छ, फेरि पनि त्रिविका रिक्त पदाधिकारीमा सत्तारुढ गठबन्धनबीच बाँडफाँड हुँदैछ, र प्रधानमन्त्री यसको तयारीमा हुनुहुन्छ ।

त्रिवि जनसंख्या विभाग परिसर कीर्तिपुर ।