२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न- सशांक



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका अर्का नेता डा सशांक कोइरालाले नेपालमा राजतन्त्र आउने र नआउने विषयमा फरक मत राखेका छन् ।

आज चितवन पुगेका देउवा र सशांकले चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै फरक फरक मत राखेका हुन् । पत्रकारको प्रश्नमा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको बताए । उनले भने “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” सभापति देउवाले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको समेत बताए ।

गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका छन् नि भन्ने प्रश्नमा उनको जवाफ थियो- “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ । जो अत्तालिएका छन् उनैलाई सोध्नुस् ।” सोही विमानस्थलमा साथैमा रहेका कांग्रेस नेता डा शशांक कोइरालाले भने राजतन्त्र फर्कने विषयमा मिश्रित प्रतिक्रिया दिए ।

उनले भने “म आफूलाई विश्वास लागेको त छैन तर सबै कुरा नकार्नै पनि सकिँदैन ।” डा कोइरालाले भने “राजतन्त्र फर्कनेमा मलाई विश्वास नलागे पनि यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ । त्यसैले असम्भव भन्ने केही छैन । ” कोइरालाले सरकारका कामप्रति नागरिक पूणर्रुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको पनि बताए ।

उनले भने- सरकारले राम्रो काम गर्नुपर्यो, जनताका निराशा दुर गर्ने काम गर्नुपर्यो । नत्र विकल्प जसले पनि खोज्छ । उनले सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको बताए ।