१० श्रावण २०८३, आईतवार
,
Latest
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ



अ+ अ-

राजविराज । सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।

पक्राउ परेको दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । रासस