२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल फुटबलमा आज दुई खेल



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)आज शनिबार दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे तथा ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हिजोबाट सुरु भएको ९ टोली सहभागी एनएसएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको थियो ।