१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मशाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो । मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको बिरोध गरेका थिए ।

युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।