१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको हो: अध्यक्ष अर्याल (भिडियोसहित)

सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको हो: अध्यक्ष अर्याल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताउनुभएको छ ।

सोमवार उहाँले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने बताउनु भयो । सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पार्नुभयो ।

टिकटक प्रतिवन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिवन्ध लगाएको बुझ्न सकिने उहाँको भनाइ थियो । अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताउनु भयो । उहाँले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘टिकटक बन्द गर्नुमा सरकार भन्दा पनि मिलेमतो भएको जस्तो लाग्छ । जसरी भित्र, बाहिरका कुरा आएका छन् । टिकटकको प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो । यदी यो फिर्ता भएन भने । अदालतले आधारमा बसेर निर्णय गर्ने हो, भने यो हाम्रो संविधानले मानेको अन्तर्राष्ट्रिय सन्धीहरु र हाम्रो जुन प्रणाली छ, त्यसको कुरामा हेर्ने हो भने यो टिकटकको प्रतिवन्ध मनासिव छँदै छैन । संशय त हो नै यो बन्देजमुखी कदम हो । यसबाट हाम्रो असाध्यै लोकतन्त्र बढो उत्साहीत भएर दुई वटा संविधान सभाको त चुनाव भयो । त्यसरी संविधान बनाएर ल्याएको र संसद भएको देश यसले विश्वमा के सन्देश जान्छ । यो अझ गम्भीर लागेको छ । भारतबाट प्रतिवन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो । कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन् ।’

‘अमेरिका जस्ता देशहरुले के गरे भन्दा यसमा सुरक्षाको प्रश्न उठाए । खासगरी तथ्यांकको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे । तर आम जनतालाई प्रतिवन्ध गरेनन् । प्रतिवन्ध गरेको देशमा भारत, सिरिया, अजरबैजान यस्ता देशको पंक्तिमा हामीले पनि प्रतिवन्ध गर्दा हाम्रो देशको स्तर कस्तो हुन्छ । सरकारले प्रतिवन्ध गरेको निर्णयमा भनिएको के छ भने समाज, चरित्र के भनिएको छ । कि त सुरक्षाको तथ्यांक भनेको भए हुन्थ्यो । त्यो पनि भन्न सकेको छैन । त्यही आधार हो भने सबैकुरा बन्देज गर्दै जानुपर्ने हुन्छ । यसरी स्थायी रुपमा प्रतिवन्ध भनेर गर्न मिल्दैन । यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन । सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ । यो प्रतिवन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्छ होला ।’

उहाँले टिकटक प्रतिवन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताउनु भयो ।