५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु
अ+ अ-

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ पर्वको लागि काठमाडौंका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ । छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ ।

छठ पर्वको मुख्य दिनमा आज काठमाडौंको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताउनु भयो । उहाँले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रवन्ध सबै रहेको छ ।’

नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ ।