५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक रोक लगाउने सरकारको निर्णय बिरुद्ध बरिष्ठ अधिवक्ता त्रिपाठीबाट सर्वोच्चमा निवेदन पेश



अ+ अ-

काठमाडौं । टिकटक रोक लगाउने सरकारको निर्णय बिरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा निवेदन पेश गर्नुभएको छ ।

सरकारले कार्तिक २७ गते टिकटकलाइ रोक लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयले संविधानद्धारा प्रत्याभूत मौलिक हकमा आघात एवं कुण्ठा पुग्न गएकोले बदरको माग गर्दै त्रिपाठीले निबेदन पेश गर्नुभएको छ ।

उहाँले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय एव यसबाट निःसृत सबै कामकारवाहीहरुका साथै यस सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणद्वारा जारी सूचना र प्रेस बिज्ञप्ति उत्प्रेषणको आदेशद्वारा बदर गरि टिकटकमा लगाइएको रोक तत्काल फुकाउनु भनी परमादेश जारी गरि पाऊँ भन्ने माग गर्नुभएको छ ।

निवेदनमा सोसल मीडिया प्लेटफर्महरु (एक्स, व्हाटसप, लिंकडीन, इन्स्टाग्राम, फेसबुक) को प्रयोगमा कुनै अवरोध नपुर्याउनु भनी बिपक्षीहरुका नाममा प्रतिषेधको आदेश जारी गरि पाऊँ भन्ने माग पनि गर्नुभएको छ ।

निवेदनमा सोसल मीडिया प्लेटफर्महरुको संबिधानसम्मत एवं लोकतांत्रिक नियमनका लागि विशेषज्ञहरुको अध्ययन कार्यदल गठन गरि सो कार्यदलको सिफारिस बमोजिम आवश्यक एवं मुनासिब बिधायिकी एवं प्रशासनिक उपायहरु अवलम्बन गर्न पनि माग गर्नुभएको छ ।

बिपक्षी मन्त्रीपरिषदद्वारा संबिधान प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भइ अपुरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मिति २०८० /०७/२७ गते गरिएको नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गर्न समेत माग गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/11/टिक-टक-रिट-1.pdf” title=”टिक टक रिट (1)”]