२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल साहित्यकार शान्तदास मानन्धरको निधन



अ+ अ-

काठमाडौं । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । कलाकार के के कर्माचार्यका अनुसार ९० वर्षको उमेरमा आज बिहान वयोधा अस्पताल बल्खुमा उहाँको निधन भएको हो ।

नेपाली बाल साहित्यमा ४० / ४५ वर्षदेखि अनवरत लाग्नु भएका मानन्धरको बालपोष,बालकोसेली कृतिका साथै मचाक्यब बाल पत्रिका प्रकाशक तथा सम्पादकको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।