२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गर्नुभएको छ । रोल…

शनिवार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताउनु भयो । उहाँले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पद्यरत्नजीले नै मलाई भन्नुभयो की नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएँ । र त्यो घोषणा पनि पद्यरत्नजीसँगै बसेर गरिएको हो । अहिले अब नेपाल संवत ११४४ आउँदैछ । मसँग अस्ति केही प्रतिनिधिहरु आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्‍यो । अब मेरै भागमा परेको छ, सायद अब त्यो राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।’

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाउने दु:शाहस गरेको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दु:शाहस भइरहेको बताउनु भयो ।