• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

नेपालको जलविद्युतमा लगानी गर्न एशियन मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह



फाईल फोटो

काठमडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सिईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शुन्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनु भयो। उहाँले सरकारले नीतिगत रुपमा व्यवस्था गरि हरित उर्जालाई प्रोत्साहन गर्ने बताउनु भयो ।

उहाँले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो। उहाँले विश्व बैंक र एडिपीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिनु भयो ।

अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको दाबी गर्नुभयो। उहाँले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताउनु भयो। उहाँले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्‍याएको बताउनु भयो।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको बताउनु भयो। उहाँले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनु भयो । उहाँले डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्वपूर्ण रहेको बताउनु भयो।