१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

‘१२ बुँदे’हरूलाई रवीन्द्रको ‘एक बुँदे’ कटाक्ष

‘१२ बुँदे’हरूलाई रवीन्द्रको  ‘एक बुँदे’ कटाक्ष
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनता मिल्नुको बिकल्प नभएको जनाउनु भएको छ ।

उहाँले शान्तिपूर्ण संक्रमण मार्फत नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित नहुने जनाउनु भएको छ ।

२०६२ ६३ मा १२ बुँदे सम्झौता गरेका दलहरुले व्यवस्थामाथी संकट आएको भन्दै संविधान निर्माणमा सहभागी दलको बैठक राखेपछि त्यसप्रति उपाध्यक्ष मिश्रले २५ बुँदे टिप्पणी गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

१) व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे — राजसंस्थावादीले गर्दा।

२) देशभर ५०% शटर बन्द छ — राजसंस्थावादीले गर्दा।

३) ठूला व्यापारी ठूलो संकटमा छन् — राजसंस्थावादीले गर्दा।

४) अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो — राजसंस्थावादीले गर्दा।

५) गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ — राजसंस्थावादीले गर्दा।

६) विकास खर्च १७% मा झर्यो — राजसंस्थावादीले गर्दा।

७) प्राध्यापक, कर्मचारी, वकिल देखि सबैको दलीय संगठन बन्यो — राजसंस्थावादीले गर्दा।

८) सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो — राजसंस्थावादीले गर्दा।

९) सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो — राजसंस्थावादीले गर्दा।

१०) देश संसारकै भ्रष्टमध्येको भयो — राजसंस्थावादीले गर्दा।

११) नेपाल एसियाकै गरिब देश भयो — राजसंस्थावादीले गर्दा।

१२) ललितानिवास, शरणार्थी, सुन लगायत अन्य सयौँ काण्ड भयो — राजसंस्थावादीले गर्दा।

१३) जातीय र धार्मिक हिंसाको संभावना बढ्यो — राजसंस्थावादीले गर्दा।

१४) वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् — राजसंस्थावादीले गर्दा।

१५) छिमेकीले तिब्र विकास गरे, हामीले सकेनौँ — राजसंस्थावादीले गर्दा।

१६) कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना-प्रविधि, केही पनि नीति जानेनौँ — राजसंस्थावादीले गर्दा।

१७) समग्र समाजको नराम्रो नैतिक पतन भयो — राजसंस्थावादीले गर्दा।

१८) मान्छे मरेका छन्, खान/सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र/धर्म निरपेक्षता जोगाउने चिन्ता छ — राजसंस्थावादीले गर्दा।

१९) मधेस प्रदेश केन्द्र विरूद्ध विद्रोह गर्ने भन्छ — राजसंस्थावादीले गर्दा।

२०) विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् — राजसंस्थावादीले गर्दा।

२१) राजसंस्थाको ‘भूत’ले धेरै नै तर्सायो — राजसंस्थावादीले गर्दा।

२२) नयाँ/पुराना सबै ‘प्रचण्डपथगामी’हरूको राजनीतिमा प्रश्न उठ्यो — राजसंस्थावादीले गर्दा।

२३) ‘राष्ट्र र राज्य’का रूपमा नेपालको तिब्र क्षयीकरण भयो — राजसंस्थावादीले गर्दा।

२४) एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो — राजसंस्थावादीले गर्दा। (थप्दै जानुहोस्)

२५) मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्!