१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

तनहुँमा बस दुर्घटनामा ३४ जना घाइते

तनहुँमा बस दुर्घटनामा ३४ जना घाइते
अ अ+ अ-

दमौली (तनहुँ): पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । दुर्घटनामा परी जिल्ला उदयपुर कटारी नगरपालिका–३ का ३१ वर्षीय सुभास परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोसी गाउँपालिका–७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका–४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका–१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका–३ का ३० वर्षीय कृष्ण परियार र उदयपुर कटारी नगरपालिका–१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।

यस्तै सिन्धुली दुधौली नगरपालिका–१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका–१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, १० वर्षीय अङ्कित श्रेष्ठ र १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका–२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका–१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेश दाहाल, ६० वर्षीया मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका–९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका–३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी र गोरखाको पालुङटार नगरपालिका–७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।

प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका–४ का १४ वर्षीय दीपसन राउत, कास्कीको पोखरा महानगरपालिका–१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका–५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका–१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका–१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका–१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका–३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका–२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका–६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका–७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका–१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् । घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।रासस