४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हार कसको ? शीतल निवास कि रिगलको ?

उक्त फैसलापछि हारेको को हो त ? राज्य प्रणाली अर्थात राष्ट्रपति या योगराज ढकाल ?

हार कसको ? शीतल निवास कि रिगलको ?
अ+ अ-

काठमाडौ ।संसाँझै खुँडाले मान्छे काटेर हत्या गरेर अदालतबाटै जन्मकैँदको फैसला सुनाइएका रिगल भनिने बाँकेका योगराज ढकाललाई राष्ट्रपतिले माफी मिनाहा दिएको घटनालाई सर्वाेच्च अदालते बदर गरिदिएको छ ।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट गरिएको सो कार्य बदर भएको मात्र छैन यस्तो जघन्य अपराधमा संलग्नलाई सरकारले आममाफी दिने काम गैरकानुनी ठहर पनि भएको छ ।

सर्वोच्च अदालतले रिगललाई रिहा गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णय त्रुटिपूर्ण भएको ठहर गरेको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

अदालतको आदेशपछि ती व्यक्ति पक्राउ परिसकेका छन् र अब उनले बाँकी जेल सजायँ थुनामै काट्नुपर्ने भएको छ । हिजोदेखि सर्वाेच्च अदालतको सो बहसको सर्वत्र प्रशंसा भएको छ र यता अदालतको कानुनी बहस सकिए लगत्तै देशमा कानुन मरेको रहेनछ भन्ने अर्काे बहस सामाजिक सञ्जालमा देशव्यापी सुरु भएको छ ।

अझै आफ्ना पतिको हत्यारालाई सरकारले माफी दिएपछि अनसनमा बसेकी भारती शेर्पाले अदालतको ढोका ढोगेको दृश्यले धेरैलाई भावुक नै बनाएको छ ।

हिजोको यो फैसलासँगै एउटा नयाँ बहस पनि सामाजिक सञ्जालमा व्यापक बनिरहेको छ । उक्त फैसलापछि हारेको को हो त ? राज्य प्रणाली अर्थात राष्ट्रपति या योगराज ढकाल ? भन्ने बहस यता जारी छ । उनी पुन: पक्राउ त परे तर अदालतको आदेशबाट ।

सरसरती हेर्दा त रिगल नै हारेको देखिन्छ । तर उनलाई सरकारले महिना दिनमात्र अघि फूलमाला अबिर लगाएर पञ्चेबाजा बजाउँदै गृह प्रवेश गर्नेगरी जिताएको हो, जो सबैले नाकमुख थुनेरै हेरेका थिए, सबैले देखेकै थिए । त्यसो भए हिजो जेल गएपछि उनले हारेका हुन् या उनलाई बाह्र बाह्र बर्षको जेल सजायँ भोग्नु पर्दैन भन्दै मिनाहा गर्ने सरकार हारेको हो ?

मुलुकको सर्वाेच्च प्रशासनले हराएको त उनलाई होइन उनलाई माफि मिनाहा गर्ने राष्ट्रपतिको, सरकारको कामलाई हो । अझ टड्कारो रुपमा सामाजिक सञ्जालमा चलेको व्यापक बहस हो यो । हिजो सर्वाेच्च अदालतमा त रिगललाई थुन्ने कि सरकारको कदम मान्ने भन्ने मात्र बहस भयो । तर त्यसयता सामाजिक सञ्जालहरुमा ‘यो हार कसको ? राज्य प्रणालीको’ भन्ने पक्षबाट बहस जारी छ ।

यसको अध्ययन सरकारले गर्ने कि नगर्ने ? यसलाई मुलुकको राज्य प्रणालीले र स्वयं राष्ट्रपतिले नोटिसका रुपमा लिने कि नलिने ? अनि जनताका सामू गल्ती भएको स्वीकार गरी त्यसबमोजिमको कारबाहीको भागीदार बन्न तयार हुने कि नहुने ? राजनीतिकर्मी पनि नैतिकता हुन्छ भने देखाउने साहस गर्ने कि नगर्ने ?

गलत काम गर्नेले कारबाही भोग्नुपर्छ । जानजानी गरेको र भूलबस गरेको त्रुटीका दुई पाटा हुन्छन् । यी रिगलले थप सजायँ भोग्नुपर्ने कानुनी कारबाहीका बारेमा के सरकारलाई थाहा थिएन र ? थाहा हुँदाहुँदै एकजना अपराधीलाई छुट दिने सरकारको र राष्ट्रपतिको काम कारबाहीको भागीदार हुन्छ कि हुँदैन ? कुनै मजदुरले अथवा भनौँ कामदारले तोकिएको काम जानाजानी बिगार्यो भने उसले पारिश्रमिक पाउँछ कि पाउँदैन ? जानाजानी कसैले बैंक फोर्यो भने पैसा फिर्ता दिए मात्र उसलाई छुट हुन्छ कि कानुन बमोजिम कारबाही हुन्छ ?

त्यसो भए व्यक्तिलाई लाग्ने कानुन राष्ट्रपति र सरकारलाई पनि लाग्नुपर्यो र उनीहरुले आफूले गरेको गल्ती स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्यो । यो अर्काे बहस छ सामाजिक सञ्जालमा ।

सामाजिक सञ्जालको एउटा सानो सर्वेक्षण गर्न गगन थापाको फेसबुक अकाउन्ट हेरे पुग्छ । उनले सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेर आफ्नो फेसबुक अकाउन्टमा एक स्टाटस लेखेका छन् । त्यसको प्रतिक्रिया एउटा पनि सकारात्मक छैन । त्यहाँ टिप्पणी गर्नेहरुले थापालाई पनि सरकारकै कोटिमा राखेका छन् र यस्ता व्यक्तिलाई माफी दिँदा चाहिँ किन नबोलेको भनेका छन् । धेरैको प्रतिक्रिया छ– अहिले अदालतको फैसला नै अएपछि त सबैले स्वागत नै गर्नुपर्यो नि । तर उबेला अपराधीलाई माफी दिँदा किन नबोलेको ?

गगन तुलनात्मक रुपमा सामाजिक सञ्जाल एवं मिडियामा रुचाइएका नेता हुन् । तर उनीमाथिको यो आक्रोस पनि सरकारका कामप्रतिको विरोध हो । यसैलाई एउटा सर्वेक्षणका रुपमा लिने हो भने सामाजिक सञ्जालको बहस यस प्रकरणमा सिंगो राज्य प्रणालीका विरुद्धमा छ ।

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाले पनि सामाजिक संञ्जालमा लेख्नुभएको छ -प्रस्ताव उठाउने गृहमन्त्रालय, निर्णय गर्ने प्रधानमन्त्रीको कार्यालय र कार्यान्वयन गर्ने राष्ट्रपति कार्यालय । राज्यका प्रमुख प्रमुख कार्यालयबाट हुने यस्ता गम्भीर त्रुटी एकातिर शिक्षा लिने विषय हुन् भने अर्कोतिर नैतिकताको प्रश्न पनि बन्नुपर्छ ।

अदालतको आदेशमा पुन: थुनामा परेका व्यक्ति अपराधी नै भएको कुरा पनि घामजत्तिकै छर्लङ्गै छ । त्यसैले यो हार रिगलको नभएर सरकार र राष्ट्रपतिको कामको हो भन्ने नै सबैको निष्कर्ष छ ।