२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्दै, नायक शेखर सुवेदी



अ+ अ-

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा अभिनेता शेखर सुवेदीले आफूलाई उभ्याउन लागिपरेका छन् । 

फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन्। गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिन्छन्। केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा देखिएका छैनन् ।

हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास अभिनेता सुवेदीको छ। ‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’ सुवेदीले भने ।

अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट रहेको उनको दाबी छ। ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ ।

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे।