२० श्रावण २०८३, बुधबार
,
Latest
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाना सिंगरले गुटेरेसलाई दिइन् द्वन्द्वपीडित संघसंस्थाका मागहरु



अ+ अ-

काठमाडौं: नेपालस्थित राष्ट्रसंघीय मिसन प्रमुख हाना सिंगरले द्वन्द्वपीडितका मागहरु समेटिएको मागपत्र नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलाई हस्तान्तरण गरेकी छिन् ।

हानाले मागपत्र हस्तान्तरण गरिएको सन्देश र फोटो सार्वजनिक गर्दै विभिन्न संघसंस्थाका तर्फबाट प्राप्त मागहरु हस्तान्तरण गरिएको बताएकी छिन् ।

नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित छलफलको केन्द्रमा द्वन्द्वपीडितका माग र प्राथमिकताहरु रहेको पनि हानाको भनाई छ ।

माओवादी शसस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार हननका घटनाका दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति एवं मेलमिलापका नाममा पीडितलाई थप पीडा दिन नहुने भन्दै विभिन्न संघसंस्थाले भेटेरै महासचिव गुटेरेसलाई ध्यानाकर्षण गराउन माग गरिआएका थिए ।

तर सरकारले महासचिव गुटेरेससँग उनीहरुलाई प्रत्यक्ष भेट्न दिएको थिएन ।