२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगलविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, भोलि पुन: सुनुवाइ हुने



अ+ अ-

काठमाडौँ । गुण्डानाइके योगराज ढकाल उर्फ रिगलविरुद्धको रिटको सुनुवाई हेर्दा हेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको छ ।

जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले राष्ट्रपतिउपर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिईन् ।

यसअघि उक्त मुद्दामा गत असोज २५ गतेलाई पेशी तोकिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएर रिक्युजल घोषणा गरेका थिए ।

इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त रिटउपर भोलि पुन: सुनुवाइ हुनेछ ।