२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघको सुरक्षा परिषदमा सुधार जरुरी छ : महासचिव गुटेरेस



अ+ अ-

काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै नेपाल र अन्य देशले जलवायू परिर्वतनका सन्दर्भमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नु पर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, मैले राष्ट्रसंघमा जलवायू परिवर्तनका असर कम गर्नेगरी ५०० बिलियन डलर खर्च गर्नु पर्दछ भन्ने प्रस्ताव गरेको छु । यस प्रतिबद्धतालाई पूरा गर्न म यहाँबाट पनि आग्रह गर्दछु ।

महासचिव गुटेरेसले भन्नुभयो, जलवायू परिवर्तनका असर भविष्यमा देखा पर्ने होइनन्, ती आजै परिरहेका छन् । नेपाली जनता पनि जलवायू परिवर्तनका कारण उत्पन्न बाढीपहिरो, डढेलो, हिमाल पग्लनु जस्ता घटनाबाट पीडित भइरहेका छन् । विकासशील मुलुकहरुको प्रतिनिधित्व राष्ट्रसंघमा बढी छ, र मैले राष्ट्रसंघको सुरक्षा परिषदको पुनर्संरचनाका लागि आग्रह गरिरहेको छु जसबाट साना राष्ट्रको आवाज पनि बलियो रुपमा राख्न सकिने छ, उहाँले भन्नुभयो ।

देवराज घिमिरेले महासचिव गुटेरेसले नेपालको संयुक्त बैठकलाई सम्बोधन गरेकामा संसदका तर्फबाट धन्यवाद दिनु भएको थियो ।

तस्बिर : रत्न श्रेष्ठ/रासस