१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सुधार गृहका बालबालिका र कैदीहरुको मानव अधिकार हनन नहुने व्यवस्था गर्न सरकारलाई निर्देशन

सुधार गृहका बालबालिका र कैदीहरुको मानव अधिकार हनन नहुने व्यवस्था गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरुको मानव अधिकार हनन नहुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरुको मानव अधिकार उल्लंघनका गम्भिर घटनाहरु भएको निष्कर्ष निकाल्दै त्यस्तो अवस्था आउन नदिने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । बालबालिका र कैदीबन्दीहरुको मानव अधिकार हनन नहुने गरी आवश्यक कार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको बाल सुधार गृहमा रहेका कानुनको विवादमा परेका बालबालिका लगायतका व्यक्तिहरु र कारागारमा रहेका कैदी र थुनुवाहरुको मानव अधिकार उलंघन र त्यसको दुरुत्साहन हुन नदिनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई आवश्यक कार्य गर्न निर्देशन दिने समितिको आजको बैठकको निष्कर्ष रहेको कुरा यो बैठक समक्ष राख्न चाहन्छु ।’

बैठकमा समितिका सदस्यहरुले बाल सुधार गृह र कारागारको व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । एमालेका सांसद महेशकुमार बर्ताैलाले बाल सुधार गृहलाई चुस्त बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले अनुगमन नगरेकै कारण बाल सुधार गृहको अवस्था दयनीय भएकाले यसको परिणाममा देखिने गरी सुधारको प्रत्याभूति गराउने काममा ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद बर्तौलाले भन्नुभयो, ‘त्यो बाल सुधार गृह नेपालमा जति पनि छन् । ती ठिक छन भन्ने अवस्था कहीँ पनि छैन । सबैभन्दा पहिलो गम्भिर सवाल के छ भने व्यवस्थापनको पाटोमा मन्त्रालयमा किन त्यस प्रकारले भुमिका निर्वाह गर्न सकेन ? चुस्तदुरुस्त किन बनाउन सकेन । त्यहाँ भित्रको किचेनदेखि शौचालयसम्मको त्यहाँको अवस्था माननीय सभापतिज्यु हामीले गएर हेर्ने हो भने पनि त्यो असाध्यै दयनीय अवस्था छ । त्यो न्यायिक हिसावले, व्यवहारिक हिसावले पुष्ट्याई गर्नसक्ने त्यस्तो व्यवस्था हामी देख्दैनौं । त्यहाँ त्रुटीहरु छन् । कमजोरीहरु छन । त्यो कमजोरी त्रुटी स्रोतको अभावले होइन, त्यो नियतबश छ । अनुगमन, नियमन जुन ढंगले गर्नुपर्ने हो, त्यो प्रभावकारी नहुँदाको परिणाम हो यो । यसमा सरकारको तर्फबाट कमिटमेन्ट मात्रै होइन, परिणाममा त्यसको प्रत्याभूति देखाउनु पर्ने हुन्छ ।’

काँग्रेस सांसद जीवन परियारले बाल सुधार गृह र कारागार व्यवस्थापनका लागि आवश्यक योजना तत्काल बनाउन सरकारलाई सचेत गराउनु भयो । उहाँले क्षमताभन्दा बढि बालबालिकाहरु र कैदीहरुलाई राख्ने काम गर्न नपाउने भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।

सांसद परियारले भन्नुभयो, ‘क्षमताभन्दा बढि बालबालिकाहरु सुधार गृहमा राखिएको छ । यसको बारेमा पनि सरकारले एउटा अवधारणा बनाउनु पर्छ कि पर्दैन ? जेलको संख्या उत्तिकै रहने, बन्दीहरु थपिँदै जाने । यसको व्यवस्थापन गर्न नसक्ने । आज बालिबालिका भएको ठाउँमा विद्रोह भएको छ । भोलि जेलभित्रै विद्रोह भयो भने के अवस्था आउला ? सरकारले यसको बारेमा स्पष्ट योजना बनाउनु पर्छ ।’

बाल सुधार गृह बाल बिगार गृहमा परिणत भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आपत्ति जनाउनु भयो । उहाँले लागुऔषध प्रयोगकर्ताहरुका कारण बाल सुधार गृहमा अपराधिक घटनाहरु हुने गरेको भन्ने सरकारको भनाईलाई उद्धृत गर्दै त्यो कसरी सम्भव भयो भनि प्रश्न समेत गर्नुभयो ।

सांसद परियारले भन्नुभयो, ‘यो बाल सुधार गृह नभएर बाल बिगार गृह पो भएछ । त्यही भित्र अपराध हुनु डरलाग्दो घटना हो । एउटा कुरा यहाँ आयो कि लागुऔषध प्रयोगकर्ताहरुबाट बढी त्यो काम भएको छ । कहिले गरेको लागुऔषध प्रयोग ? विगतमा लागुऔषध प्रयोग गरेर आएकाहरुबाट त्यो भएको हो ? वा अहिले उसले लागुऔषध प्रयोग गर्छ ? अहिले पनि लागुऔषध प्रयोग गर्छ भने त्यो कसरी गर्छ ? त्यो कसरी सम्भव भयो ? यो कुरा हामीले निक्र्यौल गर्नुपर्छ ।’

सांसद परियारले सरकारले बाल सुधार गृह भित्र अपराधिक घटना हुन नदिनका लागि आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।