१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सिंगापुरविरुद्धको खेलमा कुशल भुर्तेलले १ लाख ९४ हजार पाउने !

सिंगापुरविरुद्धको खेलमा कुशल भुर्तेलले १ लाख ९४ हजार पाउने !
अ अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो । टीयू क्रिकेट मैदानमा भएको खेलमा आक्रमक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेलल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने बताएको थियो ।

अर्नाको उद्घोष अनुसार भुर्तेलले कुल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । उनले ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले २ चौका र २ छक्कासहित ३५ रन बनाए । २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले एक छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

यस्तै, बलरतर्फ अभिनास बोहोराले सबै भन्दा धेरै कमाएका छन् । उनले ८४ हजार कमाएका छन् । अर्नाले बलरलाई प्रत्येक विकेटमा २५ हजार र प्रति डटबलमा एक हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोराले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, उनले ९ डटबल फालेका छन् ।

त्यसैगरी, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३ हजार पाउने भएका छन् । उनीहरुले समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका थिए । यस्तै, करन केसीले २ विकेट र ११ डट बलसहित ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउने भएका छन् ।

अर्नाको उद्घोष अनुसार ब्याटिङतर्फका खेलाडिले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलिङतर्फ २ लाख ८४ हजार पाउनेछन् । अब नेपालले दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।