काठमाडौं । नायिका रिचा शर्माले ट्वीटर मार्फत आफु गर्भवती भएको जानकारी दिएकी छन् । उनको ट्वीटमा उनले आफ्नो आमाले भनेका कुराहरुलाई स्मरण गरेर यस्तो लेखेकी हुन् ।
उनको आमाले आफ्नो सन्तान भएपछि थाहा पाउछस् भनेको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, "एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा,आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ।"
उनले आफु गर्भवती भएको ख़ुशी बाँडन पाउदा आफु सम्पूर्ण महसुश भईरहेको पनि बताएकी छन् । उनले थप्दै लेखेकी छन्, "एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो।"
उनले नयाँ वर्षसहित आएको यो खुशीलाई स्वागत गर्दै घरको दैलोमा श्रीमानसँग सजीवनको रुख रोपेको बताएकी छन् । साथै उनले भनिन् "यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, 'छोरी आज ठुली भई'।"









