२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ६ राशि भएका मानिस झुट बोल्न माहिर हुन्छन् !



अ+ अ-

एजेन्सी । प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशिको धेरै प्रभाव परेको हुन्छ । यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ । आज हामी तपाइँलाई यस्ता ६ राशिका बारेमा जानकारी दिँदैछौँ जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन् ।

वृष राशिका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन् । उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ । उनीहरुको कुरामा कुनै शंका समेत हुँदैन । जसका कारण वृष राशी भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन् । यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन् ।

मिथुन राशिका मानिसहरु निकै चकचके हुन्छन् । उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन् । यिनीहरुमा शब्दै पिच्छे झुठ बोल्ने बानी हुन्छ । उनीहरुको स्वाभावका कारण धेरै मानिसले मिथुन राशीका मानिसलाई मन पराउँदैनन् । मिथुन राशि भएका मानिस मुडी पनि हुन्छन् ।

सिंह राशि भएका मानिस अन्य मासिनको आकषर्णको केन्द्र बन्न चाहन्छन् । त्यही कारण उनीहरु झुट बोल्छन् । उनीहरु यति चाँडो झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य नै लाग्छ । यिनीहरु निकै होशियारी पूर्वक झुट बोल्छन् । सिंह राशी भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइ चढाइ गरेर झुट बोल्छन् । उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ । सिंह राशिमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन् ।

तुला राशि भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन् । किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन् । यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन् ।

वृश्चिक राशिका मासिनहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो । यिनीहरु यति होशियारी पूर्वक झुट बोल्छन् की उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन । यिनीहरु आफ्नो फाइदाकालागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन् ।

कुम्भ राशिका मानिस जिस्किने स्वभावका हुन्छन् । त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन् । यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन् । तर कुम्भ राशि भएका मानिसहरु धेरै स्वार्थी हुन्छन् । यिनीहरु आफ्नो फाइदाकालागि कसैको पनि भरोसा तोड्न पछि पर्दैनन् ।