२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल परिवर्तन गरेपछि मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जनाएको छ ।

एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत: रिक्त भएको सूचना आयोगले आज प्रकाशन गरेको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै एमालेले पद खारेजीका लागि आयोगमा निवेदन दिएको थियो । एमालेले दिएको उक्त निवेदनमाथि छानबिन गरी आयोगले नगर प्रमुख साहको पद स्वतस् रिक्त हुने जनाएको हो ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम साहको पद स्वत: रिक्त भएको जनाएको छ ।