• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली (भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताउनुभएको छ ।

सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार कहिल्यै पनि स्थायी नहुने बताउनु भयो । उहाँले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताउनु भयो । उहाँले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु । अहिलेको सरकारले पनि तपाईहरुको कुरा सुन्नुपर्छ । सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन । सरकारको बारेमा मलाई अहिले कमेण्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभइ रमाउनु पनि राजनीति रहेको बताउनु भयो । उहाँले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताउनु भयो । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अलिकति उभिने वरिपरी हेर्न समय छैन भने त्यो के जिन्दगी । जिन्दगीका एउटा मात्रै आयाम हुँदैनन् । जिन्दगीको एउटा मात्रै रङ हुँदैनन्, अनेक हुन्छन् । जिन्दगी राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । रमाउनु पनि हो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधि मन पर्छ । कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्वित गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन् । सेन्सर चाहिँदै चाहिँदैन भन्ने पनि होइन । सेन्सर चाहिन्छ तर हातमा कैँची छ भनेर जथाभावी चलाउनु हुँदैन ।’

अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहीत हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भनेमात्र रोक्न आवश्यक रहेको बताउनु भयो ।