२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वयको एकै स्वरः कोशी विद्रोहको जिम्मा सभापतिले लिनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउनु भएको छ ।

आज (सोमबार) धुम्बराहीमा सभापति देउवाले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै महामन्त्री शर्माले अर्का महामन्त्री गगनकुमार थापा र आफ्नो एउटै भनाई कोशी प्रदेशको सबै जस अपजस सभापति देउवाले लिनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अहिले जो भएको छ । यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नपर्छ । कोशी प्रदेशबाट नेपाली कांग्रेको केन्द्रीय समितिमा एउटा महामन्त्री पनि छ नि त । कोशी प्रदेशमा डा। नारायण खड्का हुनुहोला, विजय गच्छदार हुनुहोला, अरु नेताहरु पनि हुनुहोला ।’

उनले भने, ‘उहाँहरु कोही पनि निर्णय प्रक्रियामा सामेल हुनुहुन्न । त्यो निर्णय गर्दैगर्दा को–को सामेल हुनुहुन्थ्यो र किन यो प्रकारको दुर्घटना भयो रु भन्ने कुराको सबैभन्दा प्रधान जिम्मेवारी सभापतिले फिल गर्न पर्छ हामीले भन्यौं ।’

उहाँले कसैसँग पनि सभापति देउवाले सल्लाह र सहकार्य नगर्दा पार्टीका आठ जना कोशी प्रदेश सभा सदस्यहरुले विद्रोहमार्फत एमालेको समर्थनमा सरकार बनाएकोबताउनु भयो ।