६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘राज्यको मिडिया जरुरी छ’

‘राज्यको मिडिया जरुरी छ’
फाइल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताउनुभएको छ । रेडियो नेपाल कर्मचारी युनियनले आज बडादसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकारी सञ्चारमाध्यमको राज्यका लागि जरुरी भएको बताउनुभयो ।

“राज्यका सञ्चारमाध्यमको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु हो”, नेकपा एमालेका पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजानिक प्रसारण सेवा संस्थाका रुपमा रुपान्तरण गर्दा राज्यले यसको स्वायत्तता तथा आर्थिक दायित्व निर्वाह गर्ने गरी ऐन ल्याउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य बास्कोटाले जोखिम तथा सङ्कटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्ने रेडियो नेपालको इतिहास र भविष्य पनि बलियो रहेको उल्लेख राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रेडियो नेपालको आन्तरिक समस्या समाधानका लागि विभाजनभन्दा व्यवस्थापक र कर्मचारीमा एकताको खाँचो रहेको उहाँको भनाइ थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भौगोलिक विकटता र जनसाङ्ख्यिक हिसाबले रेडियो नेपाललाई सबैको सहज पहुँचमा पु¥याउने गरी आवश्यक काम भइरहेको बताउनुभयो । उहाँले सार्वजनिक प्रसारण संस्थाका रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरणको प्रक्रियामा रहेकाले त्यसपछि आउनसक्ने समस्याको समाधान गर्ने गरी ऐनले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल र सार्वजनिक संस्था राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्यले श्रमिक कर्मचारीका समस्यालाई सरकारले बेलैमा समाधान गर्न आपसी सहयोग र समन्वय जरुरी भएको बताउनुभयो ।

रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेश श्रेष्ठ र रेडियो नेपाल कर्मचारी सङ्घका उपाध्यक्ष भीम विश्वकर्माले रेडियो नेपालको स्वायत्तत्ता र आर्थिक सबलतामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस