२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो । हाथवे इन्भेस्टमेन्ट नेपालको रु पाँच करोड २७ लाख दुई हजार सात सय ५९, सिटिजन लाइफ इन्स्योरेन्सको रु तीन करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रु तीन करोड ५८ लाख २९ हजार पाँच सय ८४ र एनआइसी एशिया बैंकको रु तीन करोड ४३ लाख ३५ हजार छ सय ४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सात दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो सात दशमलव ३१, सुपर मादी हाइड्रोपावर चार दशमलव शुन्य चार, कालीञ्चोक दर्शन लिमिटेड तीन दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ३१, मिड सोलु हाइड्रोपावर नौ दशमव शून्य छ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७७ प्रतिशतले गुमाएका छन् । रासस