२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
Auto Draft लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहीन अफ्रिदी वसिम अकरम होइनन्, उनको तारिफ गर्नु जरुरी छैन – रवि शास्त्री



अ+ अ-

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार भएको खेलमा पाकिस्तान भारतसँग ७ विकेटले पराजित भयो । यो खेलमा कुनै समय पाकिस्तानको स्कोर १५४/२ थियो ।

पाकिस्तानका कप्तान बाबर आजम आउट भएपछि पाहुना टोलीको इनिङ्स खस्कियो र पूरा टोली १९१ रनमा अलआउट भयो । पाकिस्तानले सानो लक्ष्यको रक्षा गर्नुपर्‍यो तर खेललाई रोमाञ्चक बनाउन सकेन । भारतीय टोलीले तीन विकेट गुमाएर ११७ बल बाँकी रहँदै सात विकेटले जित हात पारेको थियो ।

पाकिस्तानका प्रमुख फास्ट बलर शाहिन अफ्रिदीले भारत विरुद्धको खेलमा दुई विकेट लिए पनि उनले ब्याट्सम्यानलाई दबाब दिन सक्ने देखिएन । बायाँ हाते फास्ट बलरले ६ ओभरमा ३६ रन दिएर शुभमन गिल र रोहित शर्माको विकेट लिए । रोहित शर्मा आउट हुँदा पाकिस्तान खेलबाट बाहिरिसकेको थियो ।

भारतीय टोलीका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले हिन्दी कमेन्ट्री गर्दा शाहीन अफ्रिदीको चर्को आलोचना गरेका छन् । शास्त्रीले शाहिन अफ्रिदीलाई तारिफ गरिराख्नु नपर्ने बताएका थिए । शास्त्रीले शाहिन अफ्रिदीलाई ठिकठाकको बलर भन्दै उनी वसिम अकरम जस्तो नभएको पनि बताए ।

रवी शास्त्रीले के भने ?

शाहिन अफ्रिदी राम्रो बलर हुन् । उनले नयाँ बलमा विकेट लिन सक्छन् । तर, नसिम शाह नखेल्ने र पाकिस्तानको स्पिन आक्रमण यसरी नै रह्यो भने गाह्रो हुन्छ भन्ने कुरा तपाईंले स्वीकार गर्नुपर्छ ।

शाहीन अफ्रिदी वसीम अक्रम होइनन् । राम्रो बलर । तर यति धेरै प्रशंसा गर्नु आवश्यक छैन । जब कुनै कुरा राम्रो हुन्छ तब ठीकै छ भन्नु पर्छ । धेरै बलियो छ भनी कसैलाई चढाउनु हुँदैन । यो त्यस्तो होइन । यसलाई स्वीकार गर्नुपर्छ ।